बैंकिङ खबर/ बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप एकैदिन ९ अर्ब रुपैयाँले घटेको छ । नेपाल राष्ट्र बैंकको विवरण अनुसार जेठ १ गते बैंकहरुको निक्षेप सो रकम बराबर घट्न पुगेको हो ।
वैशाख ३१ गते ५४ खर्ब ९२ अर्ब रुपैयाँ रहेको निक्षेप जेठ १ गते ९ अर्बले घटेर ४५ खर्ब ८३ अर्ब रुपैयाँमा झरेको राष्ट्र बैंकले जनाएको छ । सोही समयमा वाणिज्य बैंकहरुको निक्षेप पनि ७ अर्ब रुपैयाँले घटेको छ । वैशाख ३१ गते ४८ खर्ब ४१ अर्ब रुपैयाँ रहेको निक्षेप १ गते ७ अर्बले घटेर ४८ खर्ब ३४ अर्ब रुपैयाँमा झरेको छ ।
त्यस्तै, सोही अवधिमा अन्य बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप पनि २ अर्बले घटेको छ । वैशाख ३१ गते ६ खर्ब ५१ अर्ब रुपैयाँ रहेको निक्षेप १ गते ६ खर्ब ४९ अर्बमा झरेको छ ।
बैंकहरुको नक्षेप ९ अर्बले घट्दा कर्जा लगानी भने ३ अर्बले घटेको छ । वैशाख ३१ गते ४८ खर्ब ५० अर्ब रुपैयाँ रहेको बैंकहरुको कर्जा लगानी १ गते घटेर ४८ खर्ब ४७ अर्ब रुपैयाँ रहेकोे छ । सो अवधिमा वाणिज्य बैंकको कर्जा लगानी १ अर्बले घटेर ४२ खर्ब ९६ अर्ब रुैपैयाँ रहेको छ भने अन्य बैंक तथा वित्तीय संस्थाको २ अर्बले घटेर ५ खर्ब ५१ अर्ब रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ । सो समयमा बैंकको सीडी रेसियो ८५.०१प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।