Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

कसैलाई पनि ओटीपी दिनुहुँदैन, दिएमा रकम चोरी हुन सक्छ: राष्ट्र बैंक

२०८० जेष्ठ २ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले कसैलाई पनि ओटीपी नदिन आग्रह गरेको छ । ओटीपी भन्नाले एक पटक मात्र प्रयोगमा आउने पासवर्ड अर्थात् वान टाइम पासवर्ड भन्ने बुझिन्छ । विद्युतीय कारोबार गर्न खोजिरहेको व्यक्ति सही व्यक्ति हो वा होइन र कारोबार अधिकृत हो वा अनधिकृत हो भन्ने पहिचानको लागि सेवा प्रदायकको प्रणालीले स्वचालित रुपमा प्रदान गर्ने पासवर्ड नै ओटीपी हो ।

राष्ट्र बैंकले मंगलबार वित्तीय चेतनाका लागि सन्देश जारी गर्दै भनेको छ, ‘निश्चित प्रयोजनका लागि तोकिएको समयभित्र मात्र प्रयोग गर्न मिल्ने गरी प्रयोगकर्ताले दर्ता गरेको फोन / वा इमेलमा मात्र प्राप्त हुने भएकाले अन्य कसैलाई पनि ओटीपी दिनुहुँदैन ।’

विभिन्न बहानामा ओटीपी माग्ने र रकम चोरी गर्ने घटना संसारभर नै हुने गरेका छन् । त्यसैले सजग भई विद्युतीय भुक्तानीका कारोबार गर्न राष्ट्र बैंकले आग्रह गरेको छ । राष्ट्र बैंकले भनेको छ, ‘कुनै पनि बैंक तथा वित्तीय संस्था वा भुक्तानी सम्बन्धी कार्य गर्ने संस्थाले ग्राहकको ओटीपी कहिल्यै पनि माग्दैनन् ।’