Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

डिटिजल कारोबारमा उछालः क्युआर भुक्तानीमा उल्लेख्य वृद्धि

२०८० बैशाख ३१ गते


बैंकिङ खबर/ पछिल्लो समय डिजिटल कारोबारमा उल्लेख्य वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार एक वर्षको अवधिमा कनेक्ट आईपीएसमार्फत् ४३ लाख ५७ हजार २४२ पटक ३ खर्ब ८० अर्ब रुपैयाँ बराबरको कारोबार भएको छ । जुन गत वर्षको सोही अवधिमा ३६ लाख ५ हजार ४३० पटक २ खर्ब २९ अर्ब रुपैयाँ बरको कारोबार भएको थियो । गत वर्षको तुलनामा यस वर्ष ३० प्रतिशत बढी रकम कनेक्ट आईपीएस मार्फत कारोबार भएको देखिन्छ ।

वालेटमाफर्त हुने कारोबार पनि बढेको छ । चैतसम्म १ करोड ८६ लाख ६७ हजार पटक १९ अर्ब ९२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
गत वर्षको सोही अवधिमा १ करेड ४४ लाख ९४ हजार ८९३ पटक १५ अर्ब ३६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । गत वर्षको तुलनामा ३९ प्रतिशतले वालेटको कारोबार बढेको हो । रियल टाइम ग्रस सेटलमेन्ट (आरटिजीएस) प्रणालीमार्फत् हुने कारोबार रकम भने ४३.८८ प्रतिशत घटेको छ ।

चैत मसान्तसम्म ७१ हजार ७७० पटक २४ खर्ब ३७ अर्ब रुपैयाँको कारोबार भएको छ । गत वर्षको चैतमा ६५ हजार ३७६ पटक ४३ खर्ब ४३ अर्ब रुपैयाँ बराबरको कारोबार भएको थियो । कारोबार रकम घटेपनि संख्या भने ९.७८ प्रतिशत बढेको छ ।

मोबाइल बैंकिङ्ग मार्फत् हुने कारोबार पनि ह्वात्तै बढेको छ । चैत मसान्तसम्म ५६.३४ प्रतिशत बढेर २ करोड ५७ लाख ३५ हजार ७५ पटक कारोबार भएको छ ।

गत वर्षको सोही अवधिमा १ करोड ६४ लाख ५९ हजार ९६३ पटक कारोबार भएको थियो । साथै कारोबार संख्या बढेसँगै रकम पनि बढेको छ । चैतमा कारोबार रकम ८० प्रतिशत बढेर २ खर्ब ७ अर्ब रुपैयाँ कारोबार भएको छ । गत वर्षको चैतसम्म १ खर्ब १५ अर्ब रुपैयाँ मोबाइल बैंकिङ्ग कारोबार भएको थियो ।

क्यूआरमा आधारित भुक्तानी १५६ प्रतिशत बढेर २२ अर्ब ८९ करोड रुपैयाँ बराबरको कारोबार भएको राष्ट्र बैंकले जनाएको छ । गत वर्षको सोही अवधिमा ८ अर्ब ९४ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । क्यूआरमा आधारित भुक्तानी संख्या १८१ प्रतिशत बढेर ७६ लाख ४४ हजार ७९१ पटक भएको छ ।