Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

बैंकिङ कारोबारका क्रममा समस्या परे सम्बन्धित संस्थामा गुनासो दर्ता गरौँः राष्ट्र बैंक

२०८० बैशाख २९ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले वित्तीय सेवा वा बैंकिङ कारोबारका क्रममा समस्या परेमा सम्बन्धित संस्थामा गुनासो दर्ता गर्न आग्रह गरेको छ ।

राष्ट्र बैंकले शुक्रबार एक सूचना जारी गर्दै भनेको छ, ‘कुनै पनि वित्तीय सेवा प्राप्त गर्दा आफू ठगिएको शंका लागेमा वा वित्तीय सेवा प्रदायकबारे कुनै गुनासो भएमा सम्बन्धित सेवा प्रदायकको सूचना तथा गुनासो सुनुवाई डेक्समा गइ गुनासो गर्नुपर्दछ ।’

यस्तै राष्ट्र बैंकले यदि कुनै पनि वित्तीय सेवा प्रदायकबाट वित्तीय ग्राहकहरुको गुनासो सुनुवाई नभएमा नेपाल राष्ट्र बैंकमा गई अथवा राष्ट्र बैंकको गुनासो सुनुवाई सम्बन्धी अनलाइन पोर्टल Gunaso.nrb.org.npमा उजुरी दिन सकिने जनाएको छ ।