October 31st, 2016

सृजना फाइनान्समा ठूलो संख्यामा जागीर खुल्यो, फ्रेसरलाई पनि अवसर

Srijana_Financeसृजना फाइनान्स लिमिटेडमा ब्रान्च मेनेजर, रिलेसनसिप अफिसर, जुनियर एसिस्टेन्ट (अपरेसन) र ट्रेनी एसिस्टेन्ट पदका लागि जागीर खुलेको छ । 

कम्पनीले १० जना ब्रान्च मेनेजर माग गरेको छ, जसका लागि स्नातक या स्नातकोत्तर उतीर्ण र कम्तीमा २ देखि ३ वर्ष बैंक तथा वित्तीय संस्था (२ वर्ष क्रेडिट अथवा रिलेसनसिप मेनेजमेन्ट) मा काम गरेको हुनुपर्नेछ ।

त्यस्तै, केही संख्यामा रिलेसनसिप मेनेजर माग गरिएको छ । यसका लागि स्नातक उतीर्ण र कम्तीमा १ देखि २ वर्ष बैंक तथा वित्तीय संस्थाको क्रेडिट क्षेत्रमा काम गरेको हुनुपर्नेछ ।

कम्पनीले केही संस्यामा जुनियर एसिस्टेन्ट (अपरेसन) माग गरेको छ । यसका लागि विजनेस, मेनेजमेन्ट वा फाइनान्समा स्नातक उतीर्ण गरेको र कम्तीमा १ देखि २ वर्ष बैंक तथा वित्तीय संस्थाको सम्बन्धि क्षेत्रमा रहेको काम गरेको हुनुपर्नेछ । 

तीनै वटा पदका लागि पुमोरी सफ्टवेरका बारेमा राम्रो ज्ञान भएको हुनुपर्नेछ । 

त्यसैगरी, कम्पनीले केही संख्यामा प्रशिक्षार्थी एसिस्टेन्ट माग गरेको छ । यो पदका लागि फ्रेसरले पनि आवेदन दिन सक्नेछन् । विजनेस, फाइनान्स, मेनेजमेन्ट तथा सम्बन्धित विषयमा कम्तीमा ५० प्रतिशत प्राप्तांकसहित स्नातक गरेका र उमेर २५ वर्ष ननाघेका नेपाली नागरिकले यस पदका लागि एप्लाई गर्न सक्नेछन् । 

सबै पदमा स्थानीयलाई प्राथमिकता दिइने समेत कम्पनीले उल्लेख गरेको छ ।

इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले सृजना फाइनान्सको प्रधान कार्यालय, विराटनगरको मानव संशाधन विभागमा सम्पर्क गर्नुपर्नेछ । विभागको फोन नं. ०२१ ५२८०४९ र ५२८०५८ तथा इमेल ठेगाना [email protected][email protected] मा आवेदन दिन सकिनेछ । आवेदन दिँदा हालसालै खिचेको पासपोर्ट साइजको फोटो, नागरिकताको फोटोकपि र सबै शैक्षिक प्रमाणपत्र पनि साथमा ल्याउनुपर्नेछ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]