
बैंकिङ खबर/जेठमा बैंकहरूले निक्षेपको ब्याजदर स्थिर राख्ने निर्णय गरेका छन् । नेपाल बैंकर्स संघको बिहीबार बसेको बैठकले जेठमा निक्षेपको ब्याजदर स्थिर राख्ने निर्णय गरेको हो।
निक्षेप निरुत्साहित हुने भयले बैंकरहरु ब्याजदर नघटाउने निर्णयमा पुगेका हुन्। चैत अन्तिम साता बसेको बैंकर्स संघको बैठकले निक्षेपको ब्याजदर ११ प्रतिशतबाट १.०१ प्रतिशत विन्दुले घटाएर ९.९९ प्रतिशतमा झारेको छ।


