Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

समस्याग्रस्त सुपर लघुवित्तका लागि राष्ट्र बैंकले माग्यो संयोजक र सदस्य(सूचनासहित)

२०८० बैशाख २८ गते

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले समस्याग्रस्त सुपर लघुवित्त वित्तीय संस्था लिमिटेड तुलसीपुर दाङको व्यवस्थापन तथा सञ्चालकका लागि दुई जना सम्मिलित व्यवस्थापन समूह गठन गर्न दरखास्त आह्वान गरेको छ ।

राष्ट्र बैंकले बिहीबार एक सूचना जारी गर्दै संयोजक १ जना र सदस्य १ जना माग गरेको हो । राष्ट्र बैंकले दरखास्तसँगै शैक्षिक योग्यता, नागरिकताको प्रमाणपत्र, अनुभवका कागजात एवम् छनोट समितिले तोकेका कागजात हुनुपर्ने उल्लेख गरेको छ ।