Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

सस्तिदै बैंकको ऋण

२०८० बैशाख २७ गते

बैंकिङ खबर/ जेठ महिनामा बैंक तथा वित्तीय संस्थाको कर्जाको ब्याजदर घट्ने भएको छ । राष्ट्र बैंकले बैंकहरुले मासिक रुपमा ब्याजदर कायम गर्नुपर्ने व्यवस्था गरेसँगै जेठदेखि कर्जाको ब्याजदर थप घट्ने भएको हो ।

केन्द्रीय बैंकले हालै एक परिपत्र जारी गर्दै बैंकहरुलाई कर्जाको ब्याजदर मासिक रुपमा परिवर्तन गर्नुपर्ने व्यवस्था गरेको छ । राष्ट्र बैंकले मासिक तथा पछिल्लो तीन महिनाको औसत आधार दरलाई आफ्नो वेबसाइटमा समेत प्रकाशित गर्नुपर्ने व्यवस्था गरेको छ।

यसअघि बैंकहरुले त्रैमाशिक आधारमा मात्रै आधार दर गणना गरी सार्वजानिक गर्ने गरेका थिए। आधार दरमा भएको परिवर्तन अनुसार कर्जाको ब्याजदर घटबढ हुने भएकोले त्रैमास सकिएपछि मात्रै कर्जाको ब्याजदर घट्ने गरेको थियो।

अब बैंकहरुले हरेक महिना पछिल्लो ३ महिनाको औषत आधार दर निर्धारण गरी सार्वजानिक गर्नुपर्ने छ। सोहि आधार दर अनुसार हरेक महिना ऋणीको कर्जाको ब्याजदर परिवर्तन हुने छ। “कर्जाको व्याजदर परिवर्तन गर्दा पछिल्लो तीन महिनाको औसत आधार दरमा भएको थपघटको सीमासम्म मासिक रुपमा परिवर्तन गर्नुपर्नेछ“ राष्ट्र बैंकले जारी गरेको निर्देशनमा भनिएको छ।