Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

यस्तो छ देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति(पूर्णपाठ)

२०८० बैशाख २७ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०७९/८० को नौ महिनाको तथ्याङ्कमा आधारित प्रतिवेदन सार्वजनिक गरिएको हो ।

प्रतिवेदन अनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ७.७६ प्रतिशत रहेकोछ । आयात १८.१ प्रतिशतले, निर्यात २६.३ प्रतिशतलेर कुल वस्तु व्यापार घाटा १७.१ प्रतिशतले घटेकोछ ।

विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २४.२ प्रतिशतले र अमेरिकी डलरमा १३.९ प्रतिशतले बढेको छ । शोधनान्तर स्थिति रु.१८० अर्ब १७ करोडलेबचतमा रहेको छ ।

कुल विदेशी विनिमय सञ्चिति रु.१४३३ अर्ब ७३ करोड र अमेरिकी डलरमा १० अर्ब ९४ करोड रहेको छ । संघीय सरकारको खर्च रु.९४३ अर्ब ५ करोड र राजस्व परिचालन रु.६८३ अर्ब ८१ करोड रहेकोछ । विस्तृत मुद्राप्रदाय ६.६ प्रतिशतले बढेकोछ ।

वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय ९.९ प्रतिशतले बढेको छ । बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ७.० प्रतिशतले बढेकोछ र निजी क्षेत्रमा प्रवाहित कर्जा ३.५ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर ११.० प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ३.२ प्रतिशत रहेकोछ ।