May 9th, 2023

वाणिज्य बैंकहरूबाट एकै दिन दुई अर्ब कर्जा प्रवाह

बैंकिङ खबर/पछिल्लो एक दिनमा वाणिज्य बैंकहरुले २ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन्। वैशाख २२ गतेसम्म वाणिज्य बैंकहरुले ४३ खर्ब १ अर्ब रुपैयाँ लगानी गरेकोमा एकैदिन थप २ अर्ब कर्जा प्रवाह बढाएका छन्।

वैशाख २३ गतेसम्म आइपुग्दा बैंकहरुको लगानी ४३ अर्ब ३ अर्ब पुगेको छ। यता एकैदिन बैंकहरुको निक्षेप ३ अर्ब घटेको छ। वैशाख २२ गतेसम्म बैंकहरुले ४८ खर्ब १९ अर्ब निक्षेप संकलन गरेकोमा एकैदिन ३ अर्बले घटेर ४८ खर्ब १६ अर्बमा सीमित भएको छ। बैंकहरुले निक्षेप घटेर कर्जा प्रवाह बढाउन थालेपछि कर्जा निक्षेप अनुपात (सीडी रेसियो) सामान्य अंकले बढेको छ। हाल सीडी रेसियो ८५.३९ प्रतिशत रहेको छ।