Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

कर्जाको जमानी दिँदा सहज होऔंः राष्ट्र बैंक

२०८० बैशाख २६ गते

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले कर्जाको जमानी दिँदा सहज हुन आग्रह गरेको छ। राष्ट्र बैंकले वित्तीय चेतनाका लागि एक सूचना प्रकाशित गर्दै यस्तो आग्रह गरेको हो।

राष्ट्र बैंकको निर्देशनमार्फत जमानीकर्ताको दायित्वलाई स्पष्ट गरी कर्जा असुलीमा एकरुपता ल्याउने उद्देशयले जमानी दिनेको दायित्व जमानी दिँदाका बखत जमानीपत्रमा उल्लेख गरेको रकमको हदसम्म मात्र हुने र कर्जा असुली गर्दा सम्बन्धित ऋणीबाट असुलउपर हुन नसकेमा मात्र जमानीकर्ताले दिएको धितोबाट असुलउपर गर्न सकिने व्यवस्था गरिएको छ। यो व्यवस्था सर्वोच्च अदालतको आदेशमार्फत आधारित रहेको छ।

यसर्थ कुनै कर्जाका लागि जमानी दिँदा सजग भई कर्जा रकम, प्रयोजन जोखिम, प्रमुख धितोहरु, ऋणीसँगको सम्बन्ध र विश्वसनीयता, कर्जासम्बन्धी सर्त एवं जमानीसम्बन्धी कानुनी व्यवस्था र भविष्यमा आइपर्नसक्ने आफ्नो दायित्व प्रस्ट बुझेरमात्र जमानी दिनुपर्ने राष्ट्र बैंकले सचेत गराएको छ।

नेपाल राष्ट्र बैंक एने, २०५८ले ‘कर्जा चुक्ता गर्न जारी गरेको जमानी’ समेतलाई कर्जाको परिभाषामा समेटेको छ। त्यसैले यदि कसैले जमानी दिएको छ भने कर्जा लिएको होइन जमानीमात्र दिएको हो भनेर कर्जाको दायित्वबाट मुक्त हुन नसक्ने राष्ट्र बैंकले स्पष्ट पारेको छ।