Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

बैंकहरुले अब मासिक रुपमा कर्जाको ब्याजदर परिवर्तन गर्नुपर्ने(पूर्णपाठसहित)

२०८० बैशाख २५ गते

बैंकिङ खबर/बैंकहरुले अब मासिक रुपमा ऋणकाे ब्याजदर परिवर्तन गर्नुपर्ने भएको छ। केन्द्रीय बैंकले सोमबार एक परिपत्र जारी गर्दै बैंकहरुलाई कर्जाको ब्याजदर मासिक रुपमा परिवर्तन गर्नुपर्ने व्यवस्था गरेको हो। “कर्जाको व्याजदर परिवर्तन गर्दा पछिल्लो तीन महिनाको औसत आधार दरमा भएको थपघटको सीमासम्म मासिक रुपमा परिवर्तन गर्नुपर्नेछ ।” राष्ट्र बैंकले जारी गरेको निर्देशनमा भनिएको छ।

हालसम्म बैंकहरुले कर्जाको ब्याजदर त्रैमासिक रुपमा कायम हुने आधार दरको आधारमा मात्रै घटबढ् गर्ने गरेका थिए। तर केन्द्रिय बैंकको यो निर्देशनपछि बैंकहरुले अब पछिल्लो ३ महिनाको औषत आधार दरको हिसाबमा ब्याजदर घट्बढ् गर्नुपर्ने भएको छ।

तर, पछिल्लो तीन महिनाको औसत आधार दरमा भएको परिवर्तनभन्दा बढीले ब्याजदर घटाउन, जुनसुकै अवस्थामा ब्याजदर वृद्धि नगर्न तथा ऋणीसँगको सहमतिमा स्थिर ब्याजदर कायम गर्न यस व्यवस्थाले बाधा नपर्ने केन्द्रिय बैंकले जनाएको छ।

यसरी पछिल्लो तीन महिनाको औसत आधार दरमा परिवर्तन हुँदा ब्याजदरमा परिवर्तन हुने/नहुने सम्बन्धमा ऋणीलाई अफर लेटरमा स्पष्ट रुपमा उल्लेख गरी अनिवार्य जानकारी दिने व्यवस्था गर्नुपर्नेछ । परिवर्तनीय ब्याजदर आधार दरसँग आबद्ध गर्दा इजाजतपत्रप्राप्त संस्थाको कोर बैंकिङ्ग सिस्टम मार्फत पछिल्लो तीन महिनाको औसत आधार दरमा भएको परिवर्तनअनुसार स्वतः ब्याजदर परिवर्तन हुने प्रणालीको व्यवस्था गर्नुपर्नेछ । साथै, व्याजदर घटाउँदा वा बृद्धि नगर्दा सबै ग्राहकले समानरुपमा सुविधा पाउने गरी मिलाउनुपर्ने व्यवस्था केन्द्रीय बैंकले गरेको छ।