Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

नेपालको वित्तीय क्षेत्र सबल छः गभर्नर

२०८० बैशाख २४ गते

बैंकिङ खबर/ गभर्नर महाप्रसाद अधिकारीले नेपालको वित्तीय क्षेत्र सबल रहेको बताएका छन् । २०८० वैशाख १९ देखि २० गतेसम्म पाकिस्तानको इस्लामाबादमा आयोजित 43rd SAARCFINANCE Governors’ Group Meeting मा उनले साे कुरा बताएका हुन् ।

कार्यक्रमको पहिलो दिन आयोजित 43rd SAARCFINANCE Governors’ Group Meeting मा गभर्नर अधिकारीले विश्व अर्थव्यवस्थामा उत्पन्न असहजताले निम्त्याएको चुनौतीका बाबजुद नेपाल समग्र आर्थिक स्थायित्व कायम गर्न सफल भएको उल्लेख गर्दै मुलुकको आगामी आर्थिक परिदृश्यबारे चर्चा गरे ।

सो अवसरमा उनले नेपालको वित्तीय क्षेत्र सबल रहेको र पछिल्लो समयमा तरलता तथा ब्याजदरमा देखिएको असहजता विस्तारै कम हुँदै
गएको बताए । उक्त बैठकमा माल्दीभ्स, पाकिस्तान र श्रीलङ्काका केन्द्रीय बैंकका गभर्नरहरूले कोभिड सङ्कटका साथै रुस–युक्रेन युद्धबाट सिर्जित भू– राजनीतिक तनावका कारण मूल्य र बाह्य क्षेत्रमा देखिएको चुनौती तथा त्यसको समाधानका लागि अवलम्वन गरिएका उपाय र आगामी आर्थिक परिदृश्यका सन्दर्भमा चर्चा गरे ।

बैठकमा सार्क क्षेत्रका केन्द्रीय बैंकहरूको सहकार्यमा भइरहेको प्रगति तथा आगामी दिनमा हुनुपर्ने सहकार्य लगायतका एजेण्डामा छलफल भएको थियो । दोस्रो सत्रमा बैंकका उप–निर्देशक सिद्धराज भट्टले नेपाल राष्ट्र बैंकको नेतृत्वमा सम्पन्न ‘Prospects of Central Bank Digital Currency in the SAARC Region’विषयक अध्ययनको नतिजा प्रस्तुत गरे ।

सो अवसरमा स्टेट बैंक अफ पाकिस्तानका निर्देशक Dr. M. Farooq Arby  ले उक्त बैंकको नेतृत्वमा सम्पन्न’The Use of Unconventional Policy Instruments by South Asian Central Banks’ विषयक अध्ययनको नतिजा प्रस्तुत गरेका थिए । 

कार्यक्रमको दोस्रो दिन आयोजना गरिएको ‘Climate Change and Green Financing: Initiatives & Outlook in South Asia’ विषयक Symposium मा बैंकका निर्देशक नारायणप्रसाद पोख्रेलले ‘Climate Change and Green Financing in Nepal’ विषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।