
बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले विद्यमान बैंकिङ कानुनहरूलाई समसामयिक परिमार्जन गर्ने प्रयास भएको जनाएको छ । राष्ट्र बैंकले भने केही नयाँ कानुनहरू मस्यौदा गरिएको जनाएको छ ।
नेपाल राष्ट्र बैंक ऐन २०५८, बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ र विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ संशोधनको मस्यौदा तयारी भइरहेको जनाएको छ । विनिमय अधिकारपत्र ऐन, २०३४, बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ तथा वित्तीय सम्पत्ति पुनर्संरचना तथा धितोपत्रीकरण (सेक्युरिटाइजेसन) सम्बन्धी कानुन मस्यौदा तयार भएको छ ।
नयाँ कानुनमा लिज फाइनान्ससम्बन्धी कानुन, वित्तीय ग्राहक संरक्षणसम्बन्धी कानुन, सम्पत्ति व्यवस्थापनसम्बन्धी कानुनको अन्तिम मस्यौदा तयार हुने क्रममा रहेको पनि राष्ट्र बैंकले जनाएको छ । बैंकका आन्तरिक सञ्चालनको लागि विद्यमान विनियमावलीमा आवश्यक संशोधन र केही नयाँ
विनियमावलीको तर्जुमा गरिएको छ ।
नेपाल राष्ट्र बैंक खरिद विनियमावली, २०७१ मा पाँचौँ संशोधन गरिएको छ । नेपाल राष्ट्र बैंक निरीक्षण तथा सुपरिवेक्षण विनियमावली, २०७४ (प्रथम संशोधन २०७९) जारी गरिएको छ । नेपाल राष्ट्र बैंक विप्रेषण कारोबार निरीक्षण तथा सुपरिवेक्षण विनियमावली, २०७९ र नेपाल राष्ट्र बैंक विप्रेषण कारोबार निरीक्षण तथा सुपरिवेक्षण कार्यविधि, २०७९ कार्यान्वयनमा ल्याइएको छ ।
दैनिक तरलता सुविधा (Intraday Liquidity Facility-ILF) उपलब्ध गराउनको लागि दैनिक तरलता सुविधासम्बन्धी कार्यविधि, २०७६ मा पहिलो र दोस्रो संशोधन गरी नीतिगत दरमा बैंक तथा वित्तीय संस्थाले (BPM6)को लागि ओभरनाइट तरलता सुविधा लिनसक्ने व्यवस्था गरिएको छ ।
शोधनान्तर तथ्याङ्क अन्तर्राष्ट्रिय मुद्रा कोषको छैटौं संस्करण ९द्यएःट० अनुसार सङ्कलन गर्ने उद्देश्यले International Transaction Reporting System
(ITRS) Guidelines, 2022 पनि जारी गरिएको छ ।




