
बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले छिटो र सरल भुक्तानीका लागि विद्युतीय माध्यमको प्रयोग गर्न आग्रह गरेको छ । राष्ट्र बैंकले एक सूचना जारी गर्दै विद्युतीय माध्यमको प्रयोग गर्न आग्रह गरेको हो ।
यस्तै राष्ट्र बैंकले भुक्तानी प्राप्त गर्नेको खाता विवरण एकिन गरेर मात्र रकमान्तर गर्न आग्रह समेत गरेको छ । सबै प्रकारका भुक्तानी र रकमान्तरमा विद्युतीय माध्यमको प्रयोग गर्न पनि राष्ट्र बैंकले आग्रह गरेको छ ।



