
बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले नागरिक बचतपत्रमा आवेदन खुला गर्ने भएको छ । २ अर्ब ८२ करोड १४ लाख ७० हजार रुपैयाँ बराबरको नागरिक बचतपत्रमा नेपाली नागरिकले लगानी गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ ।
बैशाख २४ गतेदेखि जेठ २४ गतेसम्म बिक्रि खुला हुने राष्ट्र बैंकले जनाएको छ । ५ वर्षे अवधिको यो नागरिक बचतपत्रमा लगानी गरेवापत वार्षिक १० प्रतिशत ब्याज पाइन्छ । ६–६ महिनामा आफूलाई पायक पर्ने बैंक तथा वित्तीय संस्था वा राष्ट्र बैंकका प्रादेशिक कार्यालयमार्फत ब्याज लिन सकिने छ ।




