Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

सहुलियत कर्जामा २२ अर्ब ३९ करोड खर्च

२०८० बैशाख २१ गते

बैंकिङ खबर/सरकारले ब्याज अनुदान अन्तर्गत कुल २२ खर्ब ३९ करोड रुपैयाँ खर्च गरेको छ । फागुनसम्म उक्त रकम खर्च भएको छ । सरकारले ऋणीलाई ब्याज अनुदानबापत रकम भुक्तानी गर्दै आएको छ । हाल सरकारले अन्तर्गत १० प्रकारका योजनामा सहुलियत ब्याज दिँदै आएको छ ।

सरकारले महिला उद्यमीका लागि ६ प्रतिशत र बाँकी ९ प्रकारका कर्जा शिर्षकमा ५/५ प्रतिशतका दरले ब्याज अनुदान दिँदै आएको छ । यसरी ऋणीलाई ब्याज अनुदान दिएबापत यो कार्यक्रम शुरु भएदेखि गत फागुनसम्म करिब २२ अर्ब ३९ करोड रुपैयाँ खर्च भइसकेको राष्ट्र बैंकले जनाएको छ ।
यो कार्यक्रम अन्तर्गत गत फागुनसम्म १ लाख ४८ हजार ५ सय ५४ ऋणीले सहुलियतपूर्ण कर्जा लिएका छन् ।

उक्त कर्जा अन्तर्गत २ खर्ब ८ अर्ब रुपैयाँ कर्जा बक्यौता छ । जसमध्ये कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा अन्तर्गत ६१ हजार ४ सय ९४ ऋणीलाई प्रवाह भएको १ खर्ब ४१ अर्ब ६४ करोड लगानीमा छ । यस्तै, महिला उद्यमशील कर्जाअन्तर्गत ८४ हजार ५९ महिला उद्यमीलाई ६४ अर्ब १० करोड रुपैयाँ कर्जा बक्यौता छ । उता सरकारले दिने सहुलियतपूर्ण कर्जा पहुँचवालाले मात्र पाउने गरेको उद्यमीहरुले गुनासो गर्दै आएका छन् ।