
बैंकिङ खबर/बैंकहरूको कर्जा लगानी घटेको छ । चैत अन्त्यमा ४३ खर्ब ९ अर्ब रूपैयाँ बराबरको कर्जा लगानी गरेकोमा वाणिज्य बैंकहरूले वैशाख १५ गतेसम्ममा कर्जा लगानी मात्रै ४२ खर्ब ९५ अर्ब रूपैयाँमा सीमित भएको छ। यो १६ दिनको अन्तरालमै १४ अर्ब रूपैयाँ बराबरको कर्जा घटेको हो।
राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/८० मा निजी क्षेत्रतर्फ प्रवाह हुने कर्जा १२.६ प्रतिशतले बढ्ने लक्ष्य राखेको थियो। राष्ट्र बैंकको गत फागुनको तथ्यांक अनुसारमा यो मात्रै ४.५५ प्रतिशतले वृद्धि भएको छ।
गत असारमा ४६ खर्ब ८८ अर्ब कर्जा लगानी भएकोमा फागुनमा ४९ खर्ब २ अर्ब रूपैयाँ पुगेको छ। ब्याजदर घटेसँगै बैंकहरूको निक्षेप संकलन समेत यो अविधमा २० अर्ब रूपैयाँले घटेको छ।
चैतमा करबापतको रकम बैंकिङ प्रणालीबाट बाहिरीएको भएपनि सरकारले खर्च गर्न नसक्दा यो रकम फर्किन नसकेको हो। चैत अन्त्यमा ४८ खर्ब २८ अर्ब रहेको निक्षेप घटेर ४८ खर्ब ८ अर्ब रूपैयाँमा सीमित भएको छ।


