Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

३,१७० शंकास्पद कारोबारको अनुसन्धान गर्दै राष्ट्र बैंक

२०८० बैशाख २० गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकको वित्तीय जानकारीको इकाइले शंकास्पद कारोबारको सूक्ष्म अध्ययन भइरहेको बताउँदै इकाइलाई गत फागुन मसान्तसम्म ३,१७० वटा शंकास्पद कारोबार प्रतिवेदन प्राप्त भएको जनाएको छ ।

इकाईले यस अवधिमा ५२९ वटा प्रतिवेदन विश्लेषण गरेकोमा २९९ वटा पछि अन्य कुनै सूचना प्राप्त भएमा पुनः विश्लेषण गर्ने गरी अभिलेखीकरण गरेको छ भने २३० वटा प्रतिवेदनलाई अनुसन्धान र अनुगमनका लागि अनुसन्धानकारी÷नियामक निकायमा सम्प्रेषण गरेकोछ ।