Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

ब्याजदर महंगो हुँदा सावाँ नै तिर्दिनँ भन्नु उपयुक्त छैनः डेपुटी गभर्नर ढुंगाना

२०८० बैशाख १४ गते

बैंकिङ खबर/नेपाल राष्ट्र बैंककी डेपुटी गभर्नर निलम ढुंगानाले बैंकको ब्याजदर महँगो हुँदा सावाँ नै तिर्दिनँ भन्नु उपयुक्त नभएको बताएकी छिन् ।

नेपाल राष्ट्र बैंकको ६८औँ वार्षिक उत्सव समारोहमा उनले अर्थतन्त्र चक्रमा ब्याजदर घट्दा लिएको कर्जा ब्याजदर महँगो भयो भन्दै तिर्दिनँ भन्नु उपयुक्त नभएको बताएकी हुन्।

उनले केन्द्रीय बैंकले लिएको नीतिले अर्थतन्त्रको १२ क्षेत्रमा सुधार हुँदै आएको बताइन्। सहज बन्दा आयात बढेर फेरि १२ क्षेत्रमा दबाब हुने कुरामा सहज हुनुपर्ने उनको भनाइ छ ।