April 26th, 2023

वैशाख अन्तिममा नै मौद्रिक नीतिको समीक्षा गर्ने राष्ट्र बैंकको तयारी

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले यही वैशाख अन्तिम सातासम्ममा चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्ने तयारी गरेकाे छ। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बुधबार आयोजित एक कार्यक्रममा राष्ट्र बैंकले बैशाख अन्तिमसम्ममा मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षा गर्ने बताएका हुन्।

मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षामा उनले केही लचिलो नीति लिने संकेत गरेका छन्। स्पेश भएको ठाँउमा राष्ट्र बैंकले लचिलो नीति लिने संकेत उनले गरेका छन्। “जुन नीति रिल्याक्स गर्दा रिस्क हुँदैन तर समग्र अर्थतन्त्रले राहात पाउँछ त्यसमा हामी जान्छौँ” अधिकारीले भने “सिस्टममा नै रिस्क आउने कुरामा भने हामी छुँदैनौ।”