Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

कर्जा दिनै नसक्ने अवस्थामा यी ९ बैंक

२०८० बैशाख १३ गते

बैंकिङ खबर/ नौ वाणिज्य बैंकहरु कर्जा दिन नसक्ने अवस्थामा रहेका छन् । हिमालयनसहित ९ वाणिज्य बैंक कर्जा दिन नसक्ने अवस्थामा पुगेको हो ।
हिमालयन बैंक, नबिल बैंक, एनएमबि बैंक, सनराइज बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा, कुमारी, ग्लोबल आईएमई बैंक, प्राइम कमर्सियल बैंक र कृषि विकास बैंक कर्जा दिन नसक्ने अवस्थामा छन्।

चैतसम्म यी बैंकहरुको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) कसिलो हुँदा ऋण दिन नसक्ने भएका हुन्। २०७९ चैत मसान्तसम्ममा हिमालयन बैंक कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ९० माथि छ । त्यसैगरी अन्य आठ बैंकको सीडी रेसियो ९० हाराहारीमा देखिन्छ । जसकारण हिमालयनसहित ९ वाणिज्य बैंक कर्जा लगानी गर्न नसक्ने भएका हुन्।

केन्द्रीय बैंकले बैंकहरुलाई सीडी ९० प्रतिशतसम्म लगानी गर्न पाउने व्यवस्था गरेको छ। कर्जा निक्षेप अनुपात ९० माथि हुँदा भने केन्द्रीय बैंकले कारबाही गर्ने गर्दछ। चालू आवको दोस्रो त्रैमासिकमा सीडी रेसियो मेन्टेन्ड गर्न नसक्दा आधा दर्जन वाणिज्य बैंकलाई नगद जरिवाना समेत गरेको छ।
केन्द्रीय बैंकले हालै सीडी रेसियो मेन्टेन्ड गर्न नसकेका हिमालयन बैंक, कृषि विकास बैंक, ग्लोबल आईएमई बैंक, नबिल बैंक, नेपाल बैंक र प्रभु बैंकलाई करिब १५ करोड जरिवाना गरेको छ।

२०७९ चैतसम्ममा १२ बैंकहरु सीडी रेसियो सहज देखिएको छ। चैत मसान्तसम्मलाई हेर्दा नेपाल एसबीआई बैंक, नेपाल बैंक, प्रभु बैंक, माछापुच्छ्रे बैंक, एनआईसी एसिया, लक्ष्मी बैंक, सानिमा, राष्ट्रिय वाणिज्य बैंक र सिद्धार्थ बैंक कर्जा लगानी गर्न सक्ने अवस्थामा छन्।

यी वाणिज्य बैंकको सीडी रेसियो न्यूनतम ७७ प्रतिशत देखि अधिकतम ८६ प्रतिशतसम्म छ। जसकारण यी बैंकहरु कर्जा प्रवाह गर्न सक्ने अवस्थामा देखिएका छन्।

२०७९ चैतसम्ममा कृषि विकास बैंक सीडी रेसियो ८७.१९ प्रतिशत पुगेको छ। गत वर्ष सोही समयमा कृषि विकास बैंकको सीडी रेसियो ९२.५१ प्रतिशत पुगेको थियो।

त्यसैगरी ग्लोबल आईएमई बैंकको सीडी रेसियो ८७.१७ प्रतिशत, सानिमा बैंक ८२.२९ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकले ७९.१५ प्रतिशत, प्राइम कमर्सियल, सिद्धार्थ बैंकको ८०.८१ प्रतिशत र कुमारी बैंकको सीडी रेसियो ८९.६९ प्रतिशत छ।

साथै नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ८७.०५ प्रतिशत, प्रभु बैंकको ८४.८० प्रतिशत, सनराइज बैंक ८७.१० प्रतिशत, स्ट्यान्डर्ड चार्टर्ड बैंकको ८२.०८ प्रतिशत, लक्ष्मी बैंकको ८५.३६ प्रतिशत, माछापुच्छ्रे बैंकको ८१.८७ प्रतिशत, हिमालयन बैंकको ९०.५० प्रतिशत प्रतिशत, सिटिजन्स बैंकको ८६.८६ प्रतिशत, एनएमबि बैंकको ८७.०८ प्रतिशत, एनआईसी एसिया बैंकको ८४.८५ प्रतिशत, नेपाल एसबीआई बैंकको ८१.३७ प्रतिशत, नबिल बैंकको ८७.६८ प्रतिशत, नेपाल बैंकको ७७.८४ प्रतिशत र एभरेष्टको ८६.८२ सीडी रेसियो रहेको छ।