
बैंकिङ खबर/ कर्जा–निक्षेप अनुपात (सीडी रेसियो)मा सुधार भएको छ । चैतसम्ममा कृषि विकास बैंक सीडी रेसियो ८७.१९ प्रतिशत पुगेको छ । गत वर्ष सोही समयमा कृषि विकास बैंकको सीडी रेसियो ९२.५१ प्रतिशत पुगेको थियो।
त्यसैगरी ग्लोबल आईएमई बैंकको सीडी रेसियो ८७.१७ प्रतिशत, सानिमा बैंक ८२.२९ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकले ७९.१५ प्रतिशत, प्राइम कमर्सियल, सिद्धार्थ बैंकको ८०.८१ प्रतिशत र कुमारी बैंकको सीडी रेसियो ८९.६९ प्रतिशत छ।
साथै नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ८७.०५ प्रतिशत, प्रभु बैंकको ८४.८० प्रतिशत, सनराइज बैंक ८७.१० प्रतिशत, स्ट्यान्डर्ड चार्टर्ड बैंकको ८२.०८ प्रतिशत, लक्ष्मी बैंकको ८५.३६ प्रतिशत, माछापुच्छ्रे बैंकको ८१.८७ प्रतिशत, हिमालयन बैंकको ९०.५० प्रतिशत प्रतिशत, सिटिजन्स बैंकको ८६.८६ प्रतिशत, एनएमबि बैंकको ८७.०८ प्रतिशत, एनआईसी एसिया बैंकको ८४.८५ प्रतिशत, नेपाल एसबीआई बैंकको ८१.३७ प्रतिशत, नबिल बैंकको ८७.६८ प्रतिशत, नेपाल बैंकको ७७.८४ प्रतिशत र एभरेष्टको ८६.८२ सीडी रेसियो रहेको छ।
६ वटालाई सीडी रेसियो कायम नगर्दा जरिवाना
यस्तै, सीडी रेसियो कायम नगर्दा ग्लोबल आइएमई बैंक, कृषि विकास बैंक र हिमालयन बैंक पनि कारवाहीमा परेका छन् । यी बैंकहरुले क्रमशः ४ करोड ४२ लाख ४६ हजार रुपैया, ६९ लाख ५८ हजार रुपैयाँ र ७१ लाख ७२ हजार रुपैयाँ तिरेका छन् । सम्पति शुद्धीकरण सम्बन्धी निर्देशन उल्लंघन गरेपछि राष्ट्रिय वाणिज्य बैंकलाई पनि कारवाही गरिएको छ । यसलाई केन्द्रीय बैंकले १० लाख रुपैयाँ जरिवाना तिराएको छ ।




