२०७३ कार्तिक १२ गते

नागबेली लघुवित्तले सेयरधनीलाई ८० प्रतिशत लाभांश दिने

nagbeliनागबेली लघुवित्त विकास बैंक लिमिटेडले आफ्ना सेयरधनीका लागि ८० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । बैंकको विहिबार बसेको सञ्चालक समितिको बैठकले ६० प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद लाभांश दिने प्रस्ताव अघि सारेको हो । प्रस्तावित बोनस सेयर नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले पाउनेछन् ।