Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

राष्ट्र बैंकद्वारा १० बैंकलाई झण्डै साढे १५ करोड जरिवाना, कुनलाई कति ?

२०८० बैशाख ८ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले १० वाणिज्य बैंकलाई कारबाही गरेको छ। राष्ट्र बैंकले २०७९/०८०को तेस्रो त्रैमासिकमा कर्जा निक्षेप अनुपात (सीडी रेसियो) र सम्पत्ति शुद्धीकरण निर्देशन उल्लंघन गर्ने १० वाणिज्य बैंकलाई नगद जरिवाना गरेको हो।

सीडी रेसियो कायम नगरेको भन्दै राष्ट्र बैंकले राष्ट्रिय वाणिज्य बैंक, तत्कालीन सेञ्चुरी कमर्सियल बैंक(हाल प्रभु बैंक), नेपाल बैंक, नबिल बैंक, ग्लोबल आइएमई बैंक, कृषि विकास बैंक र हिमालयन बैंकलाई नगद जरिवाना गरेको छ।

हिमालयन बैंकले २०७९ भदौमा सीडी रेसियो कायम गर्न नसक्दा ७१ लाख ७२ हजार जरिवाना गरेको छ। त्यसैगरी कृषि विकास बैंकलाई ६९ लाख ५८ हजार, ग्लोबल आईएमई बैंकलाई ४ करोड ४२ लाख, नबिल बैंकलाई ६ करोड ४६ लाख, नेपाल बैंकलाई १८ लाख ५९ हजार र प्रभु बैंकलाई २ करोड ८४ लाख रुपैयाँ जरिवाना गरेको छ।

साथै राष्ट्रिय वाणिज्य बैंकले सम्पत्ती शुद्धीकरण निर्देशन उलघंन गरेको भन्दै १० लाख रुपैयाँ जरिवाना गरेको छ। तत्कालीन कुमारी (हाल कुमारी) बैंकलाई सहुलियत कर्जा प्रवाह औचित्य पुष्टि नहुने गरी कर्जा प्रवाह गरेकाले सचेत गराएको राष्ट्र बैंकले जनाएको छ।