Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

वाणिज्य बैंकहरुः खराब कर्जा तीन प्रतिशत भन्दा माथि, पाँच प्रतिशत पुग्ने अनुमान

२०८० बैशाख ७ गते

बैंकिङ खबर/ वाणिज्य बैंकहरुको खराब कर्जा ह्वात्तै बढेको छ । चैत मसान्तको वित्तीय विवरणले बैंकहरूको खराब कर्जा ह्वात्तै बढेको देखिएको हो । औसतमा चैत महिनामा बैंकहरूको खराब कर्जा ३.०५ प्रतिशत पुगेको छ । गत वर्ष बैंकहरूको खराब कर्जा १.२७ प्रतिशत थियो ।

चैतको वित्तीय विवरण हेर्दा एक प्रतिशतभन्दा तल खराब कर्जा हुने बैंकमा एभरेष्ट, एनआईसी, स्ट्यान्डर्ड चार्टर्ड बैंक रहेका छन् । चैतको वित्तीय विवरणले बैंकहरूले कर्जा उठाउन नसकेको देखिएको छ । बैंकहरुको अहिलेको खराब कर्जाको दरलाई हेर्दा आगामी दिनमा पाँच प्रतिशतसम्म पुग्ने अनुमान गर्न सकिन्छ । 

नबिल बैंक

२१ मध्ये सबैभन्दा बढी नाफा कमाउन सफल नबिल बैंकको खराब कर्जा ३.८७ प्रतिशत पुगेको छ । गत वर्ष १.१४ प्रतिशत थियो ।

कृषि विकास बैंक

वित्तीय विवरणानुसार कृषि विकास बैंकको खराब कर्जा अनुपात गत वर्ष २.३२ प्रतिशत रहेकामा यो वर्ष ४.२५ प्रतिशत पुगेको छ ।

सिटिजन्स बैंक

सिटिजन्स बैंकको खराब कर्जा अनुपात १.७१ प्रतिशतबाट बढेर ३.९८ प्रतिशत पुगेको छ ।

एभरेष्ट बैंक

एभरेष्ट बैंकको खराब कर्जा ०.२६ प्रतिशतबाट बढेर ०.७० प्रतिशत पुगेको छ ।

ग्लोबल आईएमई बैंक

ग्लोबल आईएमई बैंकको खराब कर्जा १.४५ प्रतिशतबाट ३.९६ प्रतिशत पुगेको छ ।

हिमालयन बैंक

हिमालयन बैंकको खराब कर्जा ०.९९ प्रतिशतबाट ४.५६ प्रतिशत पुगेको छ ।

कुमारी बैंक

कुमारी बैंकको खराब कर्जा गतवर्ष ०.९६ प्रतिशत रहेकामा यो वर्ष बढेर ३.९७ प्रतिशत पुगेको छ ।

लक्ष्मी बैंक

लक्ष्मी बैंकको खराब कर्जा १.०८ प्रतिशतबाट १.८२ प्रतिशत पुगेको छ ।

माछापुच्छ्रे बैंक

माछापुच्छ्रे बैंकको खराब कर्जा ०.८७ प्रतिशतबाट २.२७ प्रतिशत पुगेको छ ।

नेपाल बैंक

नेपाल बैंकको खराब कर्जा गत वर्ष २.०६ प्रतिशत रहेकामा यो वर्ष ४.१६ प्रतिशत पुगेको छ ।

एनआईसी एशिया बैंक

एनआईसी एशिया बैंकको खराब कर्जा ०.५१ प्रतिशतबाट बढेर ०.८५ प्रतिशत पुगेको छ ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको खराब कर्जा गत वर्ष २.३२ प्रतिशत रहेकामा यो वर्ष ४.३५ प्रतिशत पुगेको छ ।

एनएमबि बैंक

एनएमबि बैंकको खराब कर्जा गत वर्ष १.४६ प्रतिशत रहेकामा यो वर्ष २.९६ प्रतिशत पुगेको छ ।

प्रभु बैंक

प्रभु बैंकको खराब कर्जा १.२१ प्रतिशतबाट ३.४८ प्रतिशत पुगेको छ । प्रभुले सेञ्चुरी बैंकलाई गाभेको थियो ।

प्राइम बैंक

प्राइम बैंकको खराब कर्जा ०.९४ प्रतिशतबाट ३.०६ प्रतिशत पुगेको छ ।

राष्ट्रिय वाणिज्य बैंक

राष्ट्रिय वाणिज्य बैंकको खराब कर्जा ३.०७ प्रतिशतबाट ३.८८ प्रतिशत पुगेको छ ।

सानिमा बैंक

सानिमा बैंकको खराब कर्जा ०.३८ प्रतिशतबाट २.२७ प्रतिशत पुगेको छ ।

नेपाल एसबिआई बैंक

नेपाल एसबिआई बैंकको खराब कर्जा ०.१४ प्रतिशतबाट ०.९७ प्रतिशत पुगेको छ ।

सिद्धार्थ बैंक

सिद्धार्थ बैंकको खराब कर्जा २.०६ प्रतिशतबाट बढेर ४.१६ प्रतिशत पुगेको छ ।

स्ट्यान्डर्ड चार्टर्ड

स्ट्यान्डर्ड चार्टर्डको खराब कर्जा ०.३६ प्रतिशतबाट ०.९० प्रतिशत पुगेको छ ।

सनराइज बैंक

सनराइज बैंकको खराब कर्जा १.३७ प्रतिशतबाट बढेर ३.६२ प्रतिशत पुगेको छ ।