बैंकिङ खबर/ बैंक तथा वित्तीय संस्थामा एक महिनाको अवधिमा ७१ अर्ब निक्षेप थपिएको छ । चैत १ सम्म बैंक वित्तीय संस्थामा ५४ खर्ब २ अर्ब निक्षेप रहेकोमा वैशाख २ सम्ममा ५४ खर्ब ७३ अर्ब रुपैयाँ पुगेको हो । यो अवधिमा वाणिज्य बैंकको निक्षेप ४७ खर्ब ६१ अर्बबाट बढेर ४८ खर्ब २२ अर्ब पुगेको छ भने अन्य वित्तीय संस्थाको निक्षेप ६ खर्ब ४१ अर्बबाट ६ खर्ब ५१ अर्ब पुगेको छ ।
त्यस्तै एक महिनामा बैंक वित्तीय संस्थाले ३८ अर्ब कर्जा प्रवाह गरेका छन् । चैत १ सम्म बैंक तथा वित्तीयको कर्जा प्रवाह स्थिति ४८ खर्ब १२ अर्ब रहेकोमा वैशाख २ सम्ममा ४८ खर्ब ५० अर्ब रुपैयाँ पुगेको छ ।
समीक्षा अवधिमा वाणिज्य बैंकको कर्जा प्रवाह ४२ खर्ब ७० अर्बबाट बढेर ४३ खर्ब १ अर्ब पुगेको छ । अन्य वित्तीय संस्थाको ५ खर्ब ४२ अर्बबाट ५ खर्ब ४९ अर्ब पुगेको छ । एक महिनाको अवधमिा कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) पनि ८५.६९ प्रतिशतबाट घटेर ८५.२ प्रतिशतमा झरेको छ । ब्याजदर उच्च भएपछि कर्जा प्रवाह सुस्ताएको हो ।