Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

छिमेक लघुवित्तका सेयरधनीले ५२.७० प्रतिशत लाभांश पाउने

२०७३ कार्तिक १२ गते

chhimekछिमेक लघुवित्त विकास बैक लि.ले आफ्ना सेयरधनीलाई ५२.७० प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंकले १२.७० प्रतिशत नगद लाभांश र ४० प्रतिशत बोनस सेयर दिन लागेको हो । बैंकको विहीबार सम्पन्न सञ्चालक समितिको बैठकले सात करोड ५६ लाख ५९ हजार नौ सय ४५ रुपैयाँ २० पैसा नगद लाभांश र २३ करोड ८२ लाख ९९ हजार ४० रुपैया बराबरको वोनश शेयर दिने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक र आगामी साधारण सभाबाट स्वीकृत भए पछि लागु हुने बैंकले जनाएको छ ।