April 13th, 2023

राष्ट्र बैंकद्वारा लघुवित्तहरुमा एनएफआरएस लागू(पूर्णपाठसहित)

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले राष्ट्रियस्तरका लघुवित्तहरुमा नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्यान्डर्ड (एनएफआरएस) लागू गरेको छ।

राष्ट्र बैंकले (घ) वर्गका लघुवित्त संस्थालाई एकीकृत निर्देशन, २०७८ संशोधन गरी राष्ट्रियस्तरका लघुवित्तलाई एनएफआरएस लागू गरेको हो। बैंकको निर्देशनमा तोकिएको अवस्थाबाहेक वित्तीय विवरणहरु नेपाल लेखा मापदण्ड ‘एनएएस’ अनुसार तयार गर्नुपर्नेछ।

नेपाल लेखा मापदण्डले समावेश नगरेका क्षेत्रहरुमा अन्तर्राष्ट्रिय लेखा मापदण्ड ‘आईएएस’ वा ‘आइएफआरएस’लाई आधारको रुपमा लिनुपर्नेछ।

थोक कर्जा कारोबार गर्ने, सर्वसाधारणबाट निक्षेप संकलन गर्ने तथा राष्ट्रियस्तरका लघुवित्त वित्तीय संस्थाहरुले नेपाल वित्तीय प्रतिवेदनमान एनएफआरएस अनुसार वित्तीय विवरण तयार गर्नुपर्नेछ। यसअघि थोक कर्जा कारोबार गर्ने संस्थाले मात्र एनएफआरएस अनुसार वित्तीय विवरण तयार गर्नुपर्ने व्यवस्था थियो ।

Circular-6D-Tinmahaley