
बैंकिङ खबर/बैंक तथा वित्तीय संस्थाको पुँजी पर्याप्तता नियामकीय न्यूनतम आवश्यक अनुपातभन्दा बढी रहेको छ । २०७९ पुस मसान्तमा “क” वर्गका वाणिज्य बैंकको पुँजी पर्याप्तता अनुपात १३.०१ प्रतिशत, “ख” वर्गका विकास बैंकहरूको १२.७१ प्रतिशत र “ग” वर्गका फाइनान्स कम्पनीहरूको १७.०५ प्रतिशत रही समग्रमा उक्त अनुपात १३.०६ प्रतिशत रहेको छ ।
२०७९ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाको निष्कृय कर्जा २.६३ प्रतिशत रहेको छ । जसअनुसार “क” वर्गका वाणिज्य बैंकको २.४९ प्रतिशत, “ख” वर्गका विकास बैंकहरूको २.८२ प्रतिशत र “ग” वर्गका फाइनान्स कम्पनीहरूको ७.८२ प्रतिशत रहेको छ । २०७९ पुस मसान्तमा “क” वर्गका वाणिज्य बैंकहरूको पूँजीमा प्रतिफल ११.११ प्रतिशत र सम्पत्तिमा प्रतिफल १.११ प्रतिशत रहेको छ ।
त्यस्तै “ख” वर्गका विकास बैंकहरूको उक्त प्रतिफल क्रमशः ८.५४ र ०.७६ प्रतिशत तथा “ग” वर्गका फाइनान्स कम्पनीहरूको उक्त प्रतिफल क्रमशः २.८४ र ०.४० प्रतिशत रहेको छ । २०७९ चैत २६ गते “क” वर्गका वाणिज्य बंकै , “ख” वर्गका विकास बैंक तथा “ग” वर्गका वित्तीय संस्थाहरूको कर्जा निक्षेप अनुपात क्रमशः ८५.५८ प्रतिशत, ८४.५६ प्रतिशत र ८२.९३ प्रतिशत रहेको छ ।
विद्युतीय भुक्तानी पूर्वाधारमा भएको विकास, विद्युतीय भुक्तानी कारोबारका लागि गरिएको सचेतना अभिवृद्धि र प्रोत्साहन तथा सर्वसाधारणको विद्यतुतीय भुक्तानी उपकरण प्रयोगमा बढ्दो अभ्यासका कारण विद्युतीय भुक्तानी उल्लेख्य रहेकोछ । इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, वालेट तथा क्यूआर कोडमार्फत हुने कारोबार संख्या र कारोबार रकममा उल्लेख्य वृद्धि भएको छ ।




