Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

नेपाली वित्तीय क्षेत्र सुरक्षित छः गभर्नर

२०७९ चैत्र २८ गते

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाली वित्तीय क्षेत्र सुरक्षित रहेको बताएका छन्। ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ का सम्बन्धमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले नेपालको अर्थतन्त्र सुधार उन्मुख रहेकाले वित्तीय क्षेत्र सुरक्षित रहेको बताए ।

वित्तीय क्षेत्रमा खसानो धक्काले असर नगर्ने भन्दै उनले बैंक तथा वित्तीय संस्थामा पुँजी पर्याप्तता बढी नै रहेको बताए । उनले पुँजी पर्याप्तता ११ प्रतिशत हुनुपर्नेमा १३ प्रतिशत रहेको बताए। साथै निष्क्रिय कर्जा समेत २.६३ प्रतिशत रहेको उल्लेख गर्दै उनले विद्युतीय कारोबार उल्लेख बढेको बताए।