Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

यस्तो छ देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति(पूर्णपाठ)

२०७९ चैत्र २८ गते


बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/८० को आठ महिनाको तथ्याङ्क सार्वजनिक गरेको छ । तथ्यांक अनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ७.४४ प्रतिशत रहेकोछ । आयात १९.१ प्रतिशतले, निर्यात २९.१ प्रतिशतलेर कुल वस्तु व्यापार घाटा १७.९ प्रतिशतले घटेको छ ।

विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २५.३ प्रतिशतले र अमेरिकी डलरमा १४.८ प्रतिशतले बढेको छ । शोधनान्तर स्थिति रु.१४८ अर्ब ११ करोडलेबचतमा रहेको छ । कुल विदेशी विनिमय सञ्चिति रु.१४०१ अर्ब २१ करोड र अमेरिकी डलरमा १० अर्ब ६९ करोड रहेको छ । संघीय सरकारको खर्च रु.७७९ अर्ब २३ करोड र राजस्व परिचालन रु.५८२ अर्ब ७७ करोड रहेकोछ ।

विस्तृत मुद्राप्रदाय ५.३ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय ९.१ प्रतिशतले बढेको छ । बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ५.५ प्रतिशतले बढेकोछ र निजी क्षेत्रमा प्रवाहित कर्जा ४.६ प्रतिशतले बढेकोछ । वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १०.५ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ३.१ प्रतिशत रहेको छ ।