Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

५० लाखसम्मको कर्जामा अग्रिम भुक्तानी गरे शुल्क लिन पाइँदैनः राष्ट्र बैंक

२०७९ चैत्र २८ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले बैंकतथा वित्तीय संस्थाबाट लिएको रु.५० लाखसम्मको कुनै पनि कर्जा तोकिएको समयभन्दा अगावै चुक्ता गर्दा अग्रिम भुक्तानी शुल्क लिन नपाइने व्यवस्था गरिएको जनाएको छ ।

राष्ट्र बैंकले वित्तीय चेनाका लागि एक सूचना जारी गर्दै यस्ता कर्जा अग्रिम भुक्तानी गर्दा बैंकतथा वित्तीय संस्थाले कुनै शुल्क लिएमा वा लिने जानकारी दिएमा उक्त संस्थाको वेबसाइटमा उपलब्ध गराइएको गुनासो सुन्ने अधिकारी समक्ष गुनासो दर्ता गर्न आग्रह समेत गरेको छ ।

उक्त संस्थाबाट गुनासो सुनुवाइ नभएमा नेपाल राष्ट्र बैंकमा रहेको वित्तीय ग्राहक संरक्षण इकाइमा गुनासो गर्दा गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।