Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

बैंकको ऋण तिर्दिन भन्न पाइँदैन: अर्थमन्त्री

२०७९ चैत्र २७ गते

बैंकिङ खबर/ अर्थमन्त्री डा. प्रकाशशरण महतले ऋण नतिर्ने अभियान राज्यले सहन नसक्ने बताएका छन । नेपाल चेम्बर अफ कमर्सको ७२ औँ साधारण सभामा बोल्दै अर्थमन्त्री महतले ऋण तिर्दिन भन्ने अभियान गलत रहेको बताए ।

उनले भने, ‘ऋण लिने र तिर्दिन भन्दै अभियान चलाउन पाइँदैन, बैंकबाट ऋण लिएपछि तिर्नै पर्छ ।’ व्यवसायमा आएको मन्दीका कारण समस्या आएको भए राहत दिने र केहि सहुलियत दिन सकिने उनले बताए । ऋण नै नतिर्ने भन्ने विषय गलत रहेको बताए ।

व्यवसायीलाइ परेको समस्या सम्बोधन गर्न नेपाल राष्ट्रिय व्यवसायी महासंघसँग छलफल भइरहेको डा.महतले बताए । यस्तै सरकारले पछिल्लो समय पुँजीगत खर्च बढाउन हरसम्भव प्रयास गर्ने समेत उनले बताए । महतले अहिले राजस्व लक्ष्यभन्दा निकै कम उठेको पनि बताए ।

गत वर्षकोभन्दा २८ प्रतिशतले राजस्व घटेको र साधारण खर्चमा तलमाथि गर्न सक्ने सम्भावना कम रहेको उनले बताए । अब साधारणखर्च घटाएर पुँजीगत खर्च प्रभावकारी रुपमा गर्ने उनको भनाइ छ ।