Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

एकै दिन ६ ब्रोकर कम्पनी निलम्बनमा

२०७३ कार्तिक ११ गते
सेयर:

suspendedनेपाल धितोपत्र बोर्डले एकैदिन ६ वटा ब्रोकर कम्पनीलाई निलम्बन गरेको छ । कम्पनीको वार्षिक वित्तीय विवरण नबुझाएको बन्दै धितोपत्र बोर्डले यी ब्रोकर कम्पनीहरूलाई एक साताका लागि निलम्बन गरेको हो । बोर्डको कारवाहीमा पर्नेमा प्रिमियर सेक्युरिटिज (३२), मार्केट सेक्युरिटिज (५), अरुण सेक्युरिटिज (३), जे.एफ. सेक्युरिटिज (७), सुमेरु सेक्युरिटिज (३९) र सुन्धारा सेक्युरिटिज (५२) छन् । 

ब्रोकर कम्पनीले प्रत्येक आर्थिक वर्ष समाप्त भएको तीन महिनाभित्र कम्पनीको वार्षिक वित्तीय विवरण धितोपत्र बोर्डमा बुझाउनुपर्ने र कुनै कारणले तीन महिनाभित्र वित्तीय विवरण पेस गर्न नसकेमा त्यसको उचित कारण दिएर निवेदन दिन सकिने कानुनी प्रावधान छ । निवदेन दिने ब्रोकर कम्पनीलाई धितोपत्र बोर्डले उचित ठहराएमा विवरण बुझाउने म्याद अर्को तीन महिना थपिदिन सक्छ । निलम्बनमा परेका कम्पनीले फुकुवा नभएसम्म सेयर किनबेच गराउन सक्दैनन् ।