Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

बोनस र हकप्रद पारित गर्न कहिले बस्दैछ सहयोगीको साधारणसभा ?

२०७३ कार्तिक ११ गते

sahayogiसहयोगी विकास बैंकले आफ्ना सेयरधनीलाई २२ प्रतिशत बोनस सेयर दिने भएको छ । प्रस्तावित बोनस सेयर पारित गर्नका लागि बैंकले आगामी मंसिर ५ गते साधारणसभा बोलाएको छ । साधारसभामा बैंकले बोनस सेयर वितरणपछि कायम चुक्ता पुँजीबाट ३५ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव समेत पारित गर्ने भएको छ । साधारणसभा प्रयोजनका लागि कात्तिक १९ गतेदेखि मंसिर ११ गतेसम्म सेयरधनी पुस्तिका बन्द रहने बैंकले जनाएको छ ।