Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

सहकारी नियमनको दोस्रो निकाय निर्माण गर्न समन्वय गर्छौः गभर्नर

२०७९ चैत्र २३ गते

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सहकारी क्षेत्रको प्रभावकारी नियमनका लागि दोस्रो तहको नियामक निकाय निर्माण गर्न राष्ट्र बैंकले समन्वय गर्ने बताएका छन् ।

राष्ट्रिय सहकारी महासम्मेलनमा बोल्दै गभर्नर अधिकारीले सहकारी क्षेत्रमा केही सीमित सहकारीको गल्तिका कारण समग्र सहकारी क्षेत्र नै बदनाम बन्न पुगेको बताए ।

सहकारी क्षेत्रले सीन्तकृत वर्गको स्तर सुधारका लागि धेरै राम्रो काम गरेको बताउँदै गभर्नर अधिकारीले सरकारले सहकारी क्षेत्रमा बजेट विनियोजन गरेर त्यो बजेटको उपयोग सीमान्तकृत वर्गले पाउने हिसाबले काम भइरहेको बताए । सहकारी क्षेत्रमा विदेशी अभ्यासहरु पनि अवलम्बन गर्नुपर्ने भन्दै गभर्नर अधिकारीले यसमा सबैको साथ र सहयोग आवश्यक पर्ने बताए ।