भिबोर डेभलपमेन्ट बैंक र सोसाइटी डेभलपमेन्ट बैंक गाभिएर बनेको भिबोर सोसाइटी डेभलपमेन्ट बैंकको सेयर कारोबार विहीबारदेखि खुलेको छ । दुई विकास बैंक गाभिएर र सबैभन्दा धेरै चुक्ता पूँजी भएको राष्ट्रियस्तरको विकास बैंक भिबोर सोसाइटीको कारोबार ख्क्म्द्यी कोडमा हुने नेप्सेले जनाएको छ ।
मर्जर पछि बैंकको चुक्ता पूँजी १ अर्ब ८२ करोड रुपैयाँको हाराहारीमा पुगेको छ । राष्ट्र बैंकको निर्देशन अनुसार राष्ट्रिय स्तरको विकास बैंकले २०७४ असार मसान्तसम्म २ अर्ब ५० करोड रुपैयाँ चुक्ता पुँजी पुर्याउनु पर्नेछ ।
अरुण फाइनान्सको कारोबार पनि खुल्यो
त्यसैगरी धरानको अरुण फाईनान्सको पनि सेयर कारोबार विहीबारदेखि खुलेको छ । १० प्रतिशत सेयर अभौतिक भएपछि अरुणको सेयर कारोबार खुलेको हो ।



