बैंकिङ खबर/अर्थमन्त्री डा. प्रकाशशरण महत र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबीच भेटवार्ता भएको छ । भेटका क्रममा ब्याजदर, तरलतालगायतका विषयमा छलफल भएको छ ।
निजी क्षेत्रका प्रतिनिधिहरुलाई पनि अर्थमन्त्रीले आइतबार र सोमबार भेट गरी संकटउन्मुख अर्थतन्त्रलाई कसरी ठिक ‘ट्याक’ मा ल्याउन सकिन्छ भनेर छलफल गरेका थिए ।
यस्तै सोमबार नै अर्थमन्त्री महरले बैंकर्सहरुसँग छलफल गरेका थिए । डा. महतले उच्च ब्याजदरले समस्यामा रहेका व्यवसायीको नैराश्यता हटाउँदै मनोबल कसरी बढाउन सकिन्छ भन्ने विषयमा संघका पदाधिकारीसँग छलफल गरेका हुन् । उनले ब्याजदर घटाउन सक्ने अवस्था छ कि छैन भनेर जिज्ञासा राख्दै सकिने अवस्था भए व्यवसायीको माग सम्बोधन गर्न भनेका थिए ।