२०७३ कार्तिक १० गते

प्राइम बैंकले आफ्ना सेयरधनीलाई २३ प्रतिशत बोनस सेयर दिने

primeप्राईम कमर्सियल बैंकले आफ्ना सेयरधनीलाई २३ प्रतिशत बोनस सेयर प्रस्ताव अघि सारेको छ । बैंकको मंगलबार बसेको सञ्चालक समितिको बैठकले केही समयअघि जारी गरिएको ३३ प्रतिशत हकप्रद सेयरले समेत पाउने गरी उक्त अनुपातमा बोनस सेयर र कर प्रयोजनका लागि १.२१ प्रतिशत नगद लाभाश दिने भएको हो । प्रस्तावित बोनस सेयर नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले पाउनेछन् ।