Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

अब बैंकहरुको ब्याजदर घट्दै जान्छ : गभर्नर अधिकार

२०७९ चैत्र १४ गते

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले अब बैंकको ब्याजदर घट्दै जाने बताएको छ । संसदीय अध्ययन तथा विकास संस्थानले आयोजना गरेको ‘देशको वर्तमान आर्थिक अवस्था’ विषयक छलफलका क्रममा गभर्नर महाप्रसाद अधिकारीले पछिल्लो समय बैंकको ब्याजको विषयमा व्यापक चर्चा भइरहेकोले अब विस्तारै घटदै जाने बताए । तरलता सहज हुँदै जाँदा ब्याजदर पनि घट्दै जाने उनको भनाइ छ ।

गभर्नर अधिकारीले आगामी दिनमा ब्याजदर बढ्ने सम्भावना नरहेको र अहिलेको स्थिति हेर्दा बैशाखदेखि ब्याजदर घट्दै जाने बताए । आर्थिक वृद्धिदर पनि ४÷५ प्रतिशतको हाराहाराहारीमा हुने अनुमान रहेको गभर्नर अधिकारीले बताए ।समग्र अर्थतन्त्र नकारात्मक अवस्थामा भएको भन्दै हल्ला भइरहेको बताउँदै त्यस्तो अवस्था नरहेको उनले बताए ।