नेपाल बंङ्गलादेश बैंक लि.ले आफ्ना सेयरधनीलाई ३२ प्रतिशत बोनस सेयर दिने भएको छ । बैंकको सोमबार सम्पन्न २२ औं बार्षिक साधारणसभाले आफ्ना लगानीकर्तालाई ३२ प्रतिशत बोनश सेयर र कर प्रयोजनका लागि दिने १ दशमलव ६८ प्रतिशतका दरले नगद लाभांश दिने प्रस्ताव पारित गरेको हो ।
उक्त सभाले बोनस शेयर वितरण पश्चात् कायम पूँजीको १० बराबर ८ को अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव समेत पारित गरेको छ । आ. व. २०७२÷७३ को संचालक समितिको बार्षिक प्रतिबेदन पारित गर्दै अधिकृत पूँजीलाई १० अर्ब पुर्याउने निर्णय पनि सभाले गरेको छ ।
हाल ३ अर्ब ३ करोड रुपैयाँ चुक्ता पूँजी भएको बैंकको बोनस शेयर र हकप्रद सेयर वितरण गरेपछि पुँजी ७ अर्ब २२ करोड ११ लाख ६५ हजार ५०० हुने बैंकले जानकारी दिएको छ ।



