Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

एनएमबी बैंकका सेयरधनीलाई १९ प्रतिशत बोनस सेयर

२०७३ कार्तिक ९ गते

nmb bankएनएमबी बैंकले आफ्ना सेयरधनीलाई १९ प्रतिशत बोनस सेयर दिने भएको छ । बैंकको सोमबार बसेको ३२२ औँ सञ्चालक समितिको बैठकले १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश दिने प्रस्ताव अघि सारेको हो । उक्त प्रस्तावित बोनस सेयर नियामक नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी साधारणसभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन् ।