Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

डा.हरिहरदेव पन्त स्मृति छात्रवृति वितरण

admin २०७९ चैत्र ३ गते
सेयर:

बैंकिङ खबर/ निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रत्येक शाखा कार्यालयमा आवद्ध भएका सदस्यहरूका छोरा र छोरीमध्येवाट प्रत्येक वर्ष १२ कक्षा  र्तिण गरेका छात्र र छात्रालाई उच्च शिक्षामा निरन्तरता दिन थप प्रोत्साहन र हौसला दिने उदेश्यले छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ ।

निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको क्षेत्रीय कार्यालय पोखरा अन्तर्गत शाखा कार्यालय पोखरा कास्कीले वि.स. २०७९ मा १२ कक्षा उत्तीर्ण गरेका शाखाका सदस्यहरूका छोराछोरी मध्ये सर्वोत्कृष्ट अंक प्राप्त गर्ने छात्र र छात्रा गरी दुई जना विद्यार्थीहरूलाई एक समारोहका बीच डा.हरिहरदेव पन्त स्मृति छात्रवृत्ति प्रदान गरेको छ ।

शाखा कार्यालय पोखराले छात्रतर्फ सडर महिला समाज केन्द्र नं. ८२ की सदस्य श्रीमती मन्जु के.सी.को छोरा सुयोग के.सी.लाई र छात्रातर्फ भलामघारी महिला समाज केन्द्र नं.९९ .की सदस्य अम्वीका क्षेत्रीकी छोरी सस्कृती क्षेत्रीलाई जनही रू.१० हजारका दरले कुल रकम २० हजारसहित प्रमाण पत्र क्षेत्रिय कार्यालय पोखराका क्षेत्रिय प्रमुख विष्णु प्रसाद पराजुलीले प्रदान गर्नु भएको थियो ।

उक्त कार्यक्रममा शाखा प्रमुख सुर्य भारतीले स्व. डा. हरिहरदेव पन्तले नेपालमा विपन्न वर्गका महिलाहरूलाई सामाजिक चेतनाको साथै वित्तीय तथा गैर वित्तीय सेवा दिगो तरिकाले पुर्‍याउन पहिलो पटक विना धितो लघुवित्तको शुरूवात गरी आम गरिव व्यक्तिमा वित्तीय साक्षरता, उद्यमशील विकास ताालिम, बजार र वित्तीय पहुँच एकीकृत रूपमा पुर्‍याई आर्थिक र सामाजिक अवस्थामा सुधार ल्याउन निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको स्थापना गर्नु भएकोे बताउनुभयो ।

निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड देशको ७७ वटै जिल्लाहरूमा शाखा सञ्जाल रहेको लघुवित्त वित्तीय संस्था हो । संस्थाले १८५ वटा शाखा कार्यालयहरू, १० वटा क्षेत्रीय कार्यालय र केन्द्रीय कार्यालय गरी १९६ वटा कार्यालय मार्फत करिव ४ लाख लघुउद्यमीहरुलाई लघुवित्त सेवा प्रदान गरिरहेकोे छ ।

संस्थाले ग्रामीण क्षेत्रमा बसोबास गर्ने शोषित, उत्पिडित पिछडिएका विपन्न परिवारका महिलाहरूलाई समूहमा आवद्ध गराई विना धितो र बयस्क सदस्यलाई लघुउद्यम कर्जा लगानी गर्ने, ग्राहक सदस्यहरूलाई सुत्केरी स्याहार खर्च, प्राकृतिक प्रकोप आगलागि, बाढी, पहिरो, भुकम्प, हावाहुरी प्रभावित ग्राहक सदस्यहरूलाई आर्थिक अनुदान-राहात, ग्राहक सदस्य, ग्राहक सदस्यका पति छोराछोरीलाई गम्भीर प्रकृतिका रोग लागेमा आर्थिक अनुदान-राहात, सदस्यलाई पाठेघरको शल्यक्रिया गरेको अवस्थामा आर्थिक अनुदान-राहात र ऋणी सदस्य तथा संरक्षक (पति) को मृत्यु हुँदा आर्थिक सहायता उपलब्ध गराई ऋणको अतिभारबाट मुक्त गराउँदै आएको छ ।

साथै संस्थाले सीपमूलक तालिम, उद्यमशीलता विकास तालिम, वित्तीय साक्षरता, व्यवसायिक साक्षरता र सचेतनामूलक कार्यक्रमहरू संचालन गर्दै ग्राहक सदस्यहरूको आर्थिक, शैक्षिक, सामाजिक, बौद्धिक विकासमा टेवा पुर्‍याउँदै आएको छ ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।