Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

बैंकको ऋणमा १ देखि २ प्रतिशतसम्म व्याजदर सस्तो हुने

२०७९ फाल्गुन २६ गते

बैंकिङ खबर । बैंकको ब्याजदर चर्को भएको भन्दै उद्योगी व्यवसायीहरु आन्दोलित भएपछि बैंकहरुले ब्याजदर घटाउने भएका छन् । आगामी चैतबाट लागू हुने गरी बैंकहरुले संकलन गर्ने निक्षेप र जारी गर्ने कर्जा दुवैको ब्याजदर घटाउने भएका हुन् । नेपाल बैंकर्स संघको बैठकले निक्षेप र कर्जा दुबैतिर लागु हुनेगरी ब्याजदर घटाउने निर्णय गरेको हो। जसअनुसार चैतमा साधारण बचतको ब्याजदरमा सुन्ना दशमलव चार प्रतिशत र कर्जाको प्रिमियमदर १ प्रतिशतले घटाउने निर्णय भएको छ । मुद्दति निक्षेपको ब्याजदर भने परिवर्तन नहुने भएको छ । अब बैंकहरूले साधारण बचतमा न्यूनतम ६ प्रतिशतदेखि अधिकतम ८ प्रतिशतसम्म ब्याज दिनेछन् । बैंकहरूले मुद्दति निक्षेपमा भने साविककै ११ दशमलव ४१ प्रतिशत ब्याजदर दिइरहेका छन्।

त्यस्तै कर्जामा हाल लिँदै आएको अधिकतम ६ प्रतिशतसम्म प्रिमियम ब्याजदर घट्ने भएको भएको छ । बैंकहरूले अधिकतम ५ प्रतिशत प्रिमियम जोडेर कर्जामा ब्याज लिनेछन्। बैंकर्स संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माले यो निर्णयसँगै १ देखि २ प्रतिशत सम्म कर्जाको ब्याजदर घट्ने बताउनुभएको छ । । पुराना ऋणीको भने वैशाखबाट मात्रै कर्जाको ब्याजदर घट्ने भएको छ । राष्ट्र बैंकले पुरानो कर्जाको ब्याजदर परिवर्तन गर्दा तीन महिनाको औषत आधार दर लिएर मात्र गर्न सकिने व्यवस्था गरेको छ ।

Ad