Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

ब्याजदर घटाउन बैंकर्स संघको पूर्ण बैठक बस्दै

२०७९ फाल्गुन २५ गते

बैंकिङ खबर/वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघको बैंठक आज(बिहीबार) बस्दैछ । बिहान साढे नौ बजे सम्पूर्ण सदस्यलाई समेत डाकेर बैठक बस्न लागेको हो ।

संघले चैत १ गतेदेखि लागू हुने निक्षेपको ब्याज दर बारे निर्णय गर्न बैठक डाकेको हो। नयाँ नेतृत्व आएपछि पहिलो पटक पूर्ण बैठक डाकिएको हो। बजार, सरकारलगायतबाट ब्याज घटाउनु पर्ने दबाबका बीच संघको बैठक हुन लागेको हो। गत माघमा १२.१३३ प्रतिशत रहेको साधारण मुद्दतिको ब्याज दर ११ प्रतिशतमा झारिएको थियो। चैतमा पनि घटाउने गरी बैठक डाकिएको हो।

चैतको ब्याज दर एक प्रतिशत बिन्दुले नै घटाउने वा क्रमिक रुपमा घटाएर एक प्रतिशत बिन्दु कममा ल्याउने बारे छलफल हुने छ।
निक्षेपको ब्याज एक प्रतिशत घट्ने बित्तिकै चैत गतेबाटै बैंकहरुको २८ प्रतिशत निक्षेप सस्तो हुने छ। यसले लागत कम भएर आधार दर घट्छ र ऋणको ब्याज पनि कम हुन्छ।