२०७३ कार्तिक ८ गते

काष्टमण्डपको १६ लाख ९९ हजार कित्ता हकप्रद सेयर कात्तिक २६ गतेदेखि

kastamandapकाष्ठमण्डप डेभलपमेन्ट बैंकले कात्तिक २६ गतेबाट २५ प्रतिशत अर्थात चार बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ । बैंकले एक सय रुपैयाँ अंकित दरका १६ करोड ९९ लाख ७४ हजार एक सय रुपैयाँ बराबरका कुल १६ लाख ९९ हजार ७४१ कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो ।

कात्तिक ९ गतेसम्म कायम सेयरधनीहरुले मंसिर ३० गतेसम्म उक्त हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन् । बैंकको सेयर निष्काशन तथा विक्रि प्रबन्धकमा एनसिएम मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ ।  
काष्ठमण्डप डेभलपमेन्ट बैंकको देशभरका सम्पूर्ण शाखा कार्यालय सहित एनसिएम मर्चेन्ट बैंकिङबाट उक्त हकप्रदका लागि आवेदन दिन सकिने बताइएको छ ।

बैंकले राष्ट्र बैंकको निर्देशनअनुरुप पुँजीवृद्धिका लागि हकप्रद सेयर जारी गर्न लागेको हो । हाल काष्टमण्डपको चुक्ता पुँजी ६७ करोड ९८ लाख ९६ हजार रहेको छ । उक्त हकप्रद बिक्री पश्चात बैंकको चुक्ता पुँजी ८४ करोड ९८ लाख ७० हजार पुग्नेछ ।