October 24th, 2016

सेवा विकास बैंकले माग्यो ठूलो संख्यामा कर्मचारी : आठ कक्षा पासलाई पनि अवसर

sewaबुटवलमा केन्द्रिय कार्यालय रहेको सेवा विकास बैंकले विभिन्न पदमा ठूलो संख्यामा कर्मचारी माग गरेको छ । इच्छुक, योग्यता पुगेका, कम्प्युटरसम्बन्धि ज्ञान भएको र अग्रेजी तथा नेपाली भाषा (लिखित र मौखिक)मा पोख्त नेपाली नागरिकलाई ७ नोभेम्बर अर्थात कात्तिक २२ गतेसम्ममा वायोडाटा, पासपोर्ट साइजको फोटो, सबै शैक्षिक प्रमाणपत्र र निवेदन सहित कम्पनीको प्रधान कार्यालयमा सम्पर्क गर्न आह्वान गरिएको छ ।  

बैंकले नवलपरासी, अर्घाखाँची, दाङ र बाँकेका शाखाका लागि केही संख्यामा जुनियर अफिसर र सिनियर एसिस्टेन्ट माग गरेको छ । जुनियर अफिसरका लागि ५० प्रतिशत प्राप्तांकका साथ व्यवस्थापन संकायमा स्नातकोत्तर उतीर्ण गरी कम्तीमा चार वर्ष (एक वर्ष सिनियर एसिस्टेन्ट) वित्तीय संस्थाको क्रेडिट, शाखा सञ्चालन तथा जनसम्पर्क व्यवस्थापनमा रहेर काम गरेको हुनुपर्नेछ । 

सिनियर एसिस्टेन्टका लागि ५० प्रतिशत प्राप्तांकका साथ व्यवस्थापन संकायमा स्नातकोत्तर उतीर्ण गरी कम्तीमा दुई वर्ष (एक वर्ष एसिस्टेन्ट) वित्तीय संस्थाको क्रेडिट, शाखा सञ्चालन तथा जनसम्पर्क व्यवस्थापनमा रहेर काम गरेको हुनुपर्नेछ भने उमेर १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ ।

त्यस्तै, बैंकले केही एसिस्टेन्ट, जुनियर एसिस्टेन्ट, जुनियर एसिस्टेन्ट (माइक्रो) र पिउन पनि मागेको छ । एसिस्टेन्ट र जुनियर एसिस्टेन्ट र जुनियर एसिस्टेन्ट (माइक्रो)का लागि कम्तीमा व्यवस्थापन संकायमा ५० प्रतिशतभन्दा बढी प्राप्तांकसहित प्लस दुई उतीर्ण गरेको र उमेर १८ देखि ३५ वर्ष बीचमा रहेको हुनुपर्ने छ । एसिस्टेन्टका लागि सम्बन्धित क्षेत्रमा एक वर्ष काम गरेको अनुभव भएको हुनुपर्ने बैंकले जनाएको छ ।

नवलपरासी, अर्घाखाँची, स्याङ्जा, दाङ र बाँकेका शाखाका लागि बैंकले पिउन माग गरेको छ । यसका लागि आवेदन दिने उम्मेदवारले कम्तीमा आठ कक्षा पास गरेको हुनुपर्ने र उमेर १८ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्ने बताइएको छ ।