Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

निर्धन उत्थान लघुवित्तको नयाँ ब्याजदर निर्धारण

२०७९ फाल्गुन १७ गते

बैंकिङ खबर/ निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले बचतको नयाँ ब्याजदर निर्धारण गरेको छ। संस्थाले समूहगत सदस्य तथा सर्वसाधारण बचततर्फको नयाँ ब्याजदर निर्धारण गरेको हो।

संस्थामा आबद्ध समूह सदस्यलाई उपलब्ध ६ प्रकारका बचत र सर्वसाधारण बचततर्फका ८ प्रकारका बचतका नयाँ ब्याजदर सार्वजनिक गरेको छ।

निर्धन उत्थान लघुवित्तको नयाँ ब्याजदरअनुसार बचतमा न्यूनतम ७.५% देखि अधिकतम १२.५५% सम्म ब्याज प्रदान गर्नेछ। कर्जामा भने न्यूनतम १०% देखि अधिकतममा १५% सम्म ब्याजदर रहेको संस्थाले जनाएको छ।