
बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले तलब, भत्ता तथा सुविधाहरु हाललाई वृद्धि नगर्न-नगराउन निर्देशन दिएको छ । राष्ट्रबैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले बैंक तथा वित्तीय संस्थाहरुलाई छुट्टा–छुट्टै पत्र पठाउँदै प्रमुख कार्यकारी अधिकृतहरुको तलब, भत्ता तथा सुविधाहरु हाललाई वृद्धि नगर्न-नगराउन निर्देशन दिएको हो ।
विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले सबै बैंक तथा वित्तीय संस्थाहरुलाई अलग–अलग पत्र पठाएर यस्तो निर्देशन दिएका हुन् । पत्रमा प्रमुख कार्यकारी अधिकृतहरुको तलब, भत्ता र सुविधाहरुको पुनरावलोकनको सम्बन्धमा अध्ययन भइरहेकोले तत्काल नबढाउन भनिएको छ ।



